DISH HOME

सिद्धार्थ बैंकले कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गर्‍यो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित ‘सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे’ सेवा सुरु गरेको छ।

नयाँ सेवामार्फत सिद्धार्थ बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट) हरूले अब भिसा तथा मास्टरकार्डमार्फत नेपाल तथा विदेशमा रहेका ग्राहकहरूबाट सिधै अनलाइन भुक्तानी प्राप्त गर्न सक्नेछन्।

यस प्रणालीले विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओ लगायतका विभिन्न क्षेत्रका मर्चेन्टहरूलाई ई-कमर्स कारोबारमा सजिलो र सुरक्षित अनलाइन भुक्तानी लिने सुविधा प्रदान गर्नेछ।

सिद्धार्थ बैंकका अनुसार, यो पेमेन्ट गेटवेको प्रयोगले भुक्तानी गर्दा कार्ड भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता हटाउनेछ, जसले प्रयोगकर्तालाई थप सहजता दिनेछ।

बैंकले यो सेवा द्रुत, सुरक्षित र भरपर्दो अनलाइन कारोबारको अनुभव दिन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै