DISH HOME

सालपा विकास बैंकको आइपीओ प्रक्रिया अगाडि, धितोपत्र बोर्डको स्वीकृति पर्खदै

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आइपीओ  निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आइपीओ निष्कासनको अनुमति प्राप्त गर्न बैंकले आवश्यक प्रक्रिया अघि बढाएको हो।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले कुल १७ लाख २३ हजार ८८० कित्ता सेयर सार्वजनिक निष्कासन गर्नेछ। जसको कुल मूल्य १७ करोड २३ लाख ८८ हजार रुपैयाँ हुनेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिने यी शेयरहरू सर्वसाधारणका लागि उपलब्ध हुनेछन्।

यस आइपीओको बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।

बैंकले पूँजी जुटाउने उद्देश्यका साथ सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाएको हो, जसले संस्थाको वित्तीय आधार मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै