DISH HOME

नबिल बैंकको पाँचौं प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा सञ्चालनमा

काठमाडौं । नबिल बैंकले बौद्ध शाखामा आफ्नो पाँचौं प्रायोरिटी बैंकिङ लाउञ्ज सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच नबिल बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले लाउञ्जको उद्घाटन गरे।

बैंकले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित प्रायोरिटी बैंकिङ लाउञ्ज विस्तार गरेको जनाएको छ। यसअघि नबिलले तीनधारा, ललितपुर, महाराजगञ्ज र कौशलटार शाखाहरूमा यो सुविधा उपलब्ध गराइसकेको छ।

उद्घाटन समारोहमा बोल्दै पाण्डेले भने, ‘नबिल बैंक ग्राहकलाई विश्वस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छ। हामी केवल कारोबारमा सीमित छैनौं, ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणमा विश्वास गर्छौं।’

नबिलको प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले व्यक्तिगत रिलेसनशिप म्यानेजरको साथमा सेवा लिन, सुविधासम्पन्न लाउञ्ज प्रयोग गर्न, छिटो र सहज सेवा प्राप्त गर्न, साथै वित्तीय योजना तथा लगानीसम्बन्धी सल्लाह पाउन सक्नेछन्।

प्रायोरिटी सेवा सम्बन्धी थप जानकारीका लागि नबिल बैंकको वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

 

निजी क्षेत्रको अग्रणी बैंक नबिलले हाल २४ लाखभन्दा बढी ग्राहकलाई देशभरका २६८ शाखा र ३२० एटीएममार्फत सेवा दिइरहेको छ। नवीनतम बैंकिङ सेवाको सुरुआत गर्दै आएको नबिल बैंक नेपाली वित्तीय क्षेत्रको विकासमा एक महत्वपूर्ण योगदानकर्ता रहँदै आएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै