prabhu

एनएमबि बैंकको नेतृत्वमा लाप्चे तामाकोशी र चेपे खोलाको जलविद्युत आयोजना वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं । एनएमबि बैंकको नेतृत्वमा दोलखा जिल्लाको विगु गाउँपालिकामा निर्माण हुन लागेको ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। यस आयोजना लागि एनएमबि बैंकसँगै नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक र डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. समेत संलग्न छन्। आयोजनाको अनुमानित लागत करिब ७ अर्ब रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरिनेछ। यसमा एनएमबि बैंक अग्रणी बैंकको भूमिकामा रहनेछ।

त्यसैगरी, एनएमबि बैंकले एकल लगानीमा २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको पनि वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। आयोजनाको लागत करिब ४३ करोड ४० लाख रुपैयाँ रहनेछ भने यसमा एनएमबि बैंकले ३४ करोड रुपैयाँ ऋण लगानी गर्नेछ।

यस सम्बन्धी ऋण सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र डायनामिक हाइड्रो ईनर्जीका अध्यक्ष मोहन बिक्रम कार्कीले हस्ताक्षर गरे। सम्झौता आदानप्रदान कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरे र अध्यक्ष कार्की पनि उपस्थित थिए।

कार्यक्रममा सीईओ घिमिरेले एनएमबि बैंकले जलविद्युत परियोजनाका प्राविधिक, वातावरणीय र जोखिम पक्षहरूको सूक्ष्म अध्ययन र निगरानी गर्दै आएको बताए। अध्यक्ष कार्कीले बैंकसँग यस परियोजनासहित आठवटा परियोजनाका लागि ऋण उपयोग गरिरहेको जानकारी दिँदै, आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए। एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजना मा लगानी गरिसकेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै