काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २०६.६६ प्रतिशतको सुधार आएको छ । यस संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा संस्थाले ७२ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा पनि बढेको हो । गत वर्ष ९ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले अहिले १३.४८ प्रतिशतले बढाएर १० करोड ६८ लाख रुपैयाँ पुर्याएको छ ।
यसको सञ्चालन नाफा पनि १५९.६७ प्रतितले बढेर २ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ८५ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल उपकारको चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँको रहेको छ ।
यसको जगेडा कोषमा ११ करोड ९३ लाख जम्मा छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी २८.११ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने २१२.४६ रुपैयाँ देखिएको छ ।