सिद्धार्थ बैंकका ३ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिन सक्ने

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक समूहका ३ लाख ९१ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्ने भएको छ ।

बैंकले उक्त सेयर हाललाई विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्रै खरिदका लागि प्रस्ताव गरेको हो । इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

सेयर खरिदका लागि आवेदन नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ।

यदि तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट कुनै आवेदन नपरेमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिने बैंकले स्पष्ट पारेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्