माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ। विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई सहज, सरल र विश्वासिलो बनाउने उद्देश्यका साथ बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको हो । कुवेतमा रहेका नेपालीहरूले नेपालमा सहज रूपमा रेमिट्यान्स पठाउन सकून् भन्ने लक्ष्यका साथ बैंकले यो सहकार्य आरम्भ गरेको हो।

२०७९ वैशाख ११ गते, कुवेतको होटल मिलेनियम साल्मियामा आयोजित एक विशेष समारोहमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र अल मुजैनी एक्सचेन्जका महाप्रबन्धकले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन के. सी. को पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम कुवेतस्थित नेपाली राजदूतावासका लागि कार्यबाहक राजदूत सुजनी राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, संघका अन्य प्रतिनिधिहरू, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू तथा कुवेतमा कार्यरत ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति थियो।

सो अवसरमा माछापुच्छ्रे बैंकले तयार पारेको बैंकको नयाँ कभर गीत पनि सार्वजनिक गरिएको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्