DISH HOME

राष्ट्र बैंकद्वारा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालमाथि कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकाललाई नियामक निर्देशिका उल्लंघन गरेको भन्दै कारबाही गरेको छ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमासको मूल्यांकनका क्रममा गरिएको स्थलगत निरीक्षणमा अध्यक्ष ढकालले संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित समितिमा संयोजकको रूपमा संलग्न भएको पुष्टि भएपछि उक्त कारबाही गरिएको हो।

राष्ट्र बैंकको एकीकृत निर्देशनमा स्पष्ट उल्लेख गरिएको छ कि सञ्चालक समितिका अध्यक्ष कुनै पनि आन्तरिक समिति वा उप-समितिमा संलग्न हुन नपाउने प्रावधान छ। तर, ढकालले सो नियम उल्लंघन गरेकाले उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२००, खण्ड (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै