सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्व सीईओसहित तीन जना कारवाहीमा

काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड रुपैयाँ हिनामिना प्रकरणमा पूर्व सीईओ नवीन सुवेदीसहित तीनजनालाई उच्च अदालत विराटनगरले कैद र जरिबाना तोकेको छ।

बैंकिङ कसुर मुद्दामा दोषी ठहरिएका पूर्व सीईओ, लेखा प्रमुख देवीप्रसाद भण्डारी र सुपरभाइजर हिमाल भट्टराईलाई अदालतले ५ करोड २३ लाख २५ हजार ९ सय ९२ रूपैयाँ बिगो कायम गरेको हो।

साथै, अदालतले तिनै जनालाई ४ वर्ष र सुवेदीलाई थप १ वर्ष कैद सजायको फैसलासमेत गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

financial literacy
commercial bank
Top 7 banking news