साताका टप ७ बैंकिङ न्युज: एनआइसी एसियामा ‘आइफोन १६’ जित्ने अफरदेखि गभर्नरको लडाई क्लाईमेक्ससम्म !

मोबाइल बैंकिङबाट टपअप गर्दा आइफोन १६ जित्न सकिने !

एनआइसी एसिया बैंकले नयाँ अफर ल्याएको छ । बैंकले नयाँ वर्षको अवसरमा एनआइसी एसियाको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुका लागी आइफोन १६ जित्ने अफर ल्याएको हो ।

बैंकले मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आइफोन १६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुले आइफोन १६ जित्न सक्नेछन्।

‘सेटिङको सिण्डिकेटले अब राष्ट्र बैंक पनि कब्जा गर्दैछ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद विराजभक्त श्रेष्ठले सरकराले सेटिङमा गर्भनर नियुक्त गर्न लागेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सरकराले सेटिङमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न लागेको बताएका हुन् । देशको आर्थिक मेरुदण्डमाथि यस्तो खेलवाड गरेको नेपाली जनताले स्वीकार्न नसक्ने उनले उल्लेख गरेका छन्।

‘बिचौलियाहरूबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भयो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिचौलियाहरूबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको दाबी गरेका छन्। उनले बिहीबार रुपन्देहीमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले गभर्नर नियुक्तिको विषयमा दलहरुबीच भन्दापनि बिचौलियाहरूबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको दाबी गरेका छन् ।

‘गभर्नरमा राम्रो मान्छे नियुक्त हुँदैछन्’

कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा राम्रो मान्छे नियुक्त हुने बताएका छन्। उनले आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा यस्तो बताएका हुन्।

कांग्रेस र नेकपा एमालेबीच भागबन्डामा कुरा नमिलेर गभर्नर नियुक्ति हुन नसकेको बेला उनले पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा गभर्नरमा राम्रो मान्छे नियुक्त हुन लागेको उल्लेख गरेका छन्। योसँगै उनले अबको दुई-तीन दिनभित्रै गभर्नरको पदमा राम्रो मान्छे आउने जानकारी गराएका छन्।

देउवाले ‘तिम्रो गभर्नर पद कन्फर्म भईसक्यो’ भनेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजिनामा !

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले ‘तिम्रो गभर्नर पद कन्फर्म भईसक्यो’ भनेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले पदबाट राजीनामा दिएका हुन्।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार महाप्रसाद भट्ट नेपाल राष्ट्र बैंकको १८औं गभर्नर बन्ने लगभग निश्चित भएको छ।

गभर्नर सिफारिसका लागि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समिति गठन भइसकेको छ। जसमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन्। समितिले भट्टसहित ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ।

बैंक तथा वित्तीय संस्थाबाट करिब २ खर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत, ९६ अर्बबढी कर्जा स्वीकृत हुन बाँकी !

बैंक तथा वित्तीय संस्थाबाट करिब २ खर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ५९ अर्ब ३९ करोड ७५ लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो।

सरकारले यस अवधिमा सहुलियतपूर्ण कर्जाको लागि २८ अर्ब ४९ करोड ३ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिसकेको छ। स्वीकृत कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा व्यावसायिक कृषि तथा पशुपालन क्षेत्रले पाएको छ। यो क्षेत्रमा कुल ९१ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ।

जसमा २ अर्ब ४७ करोड ४४ लाख रुपैयाँ बिना धितो र ८९ अर्ब ६ करोड ९० लाख रुपैयाँ धितोसहितको कर्जा हो। यस शीर्षकमा ३९ हजार ९९७ जना ऋणी रहेका छन्।

गभर्नरको लडाई क्लाईमेक्समा, भट्टले दिएको राजिनामा निलमले स्वीकार गरिनन् !

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजिनामा कामु गभर्नर नीलम ढुंगानाले स्वीकृत गर्न अस्वीकार गरेकी छिन् । गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानाले अस्वीकार गरेकी हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘तिम्रो गभर्नर पद कन्फर्म भईसक्यो’ भनेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले पदबाट राजीनामा दिएका छन् । सोहि राजिनामा स्वीकृत गर्न ढुंगानाले अस्वीकार गरेकी हुन् ।

कामु गभर्नरले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेपछि गभर्नरको लडाई क्लाईमेक्समा पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Top 7 banking news
loan
governer