prabhu

वाणिज्य बैंकहरुबाट झन्डै ६४ अर्ब रुपैयाँ कर्जा लगानी, सबैभन्दा धेरै कर्जा लगानी ग्लोबल आईएमई बैंकको

काठमाडौँ। एक महिनामा वाणिज्य बैंकहरुले झन्डै ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। चैत महिनामा वाणिज्य बैंकहरुले ६३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

जसमध्ये सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकले कर्जा लगानी गरेको छ।  यस बैंकले एक महिनामा ९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।  यस अवधीमा सबैभन्दा कम कर्जा लगानी माछापुच्छ्रे बैंकले प्रवाह गरेको छ। यस अवधीमा बैंकले १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ९० करोड, नबिल बैंकले ७ अर्ब १० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६० करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ अर्ब १० करोड कर्जा प्रवाह गरेका छन्।

प्रभु बैंकले ३ अर्ब ५० करोड, कुमारी बैंकले १ अर्ब ४० करोड रुपैयाँ र एनआइसी एशिया बैंकले ५० करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै