काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ९४ पैसा र बिक्री दर १३७ रुपैयाँ ५४ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १५५ रुपैयाँ ०६ पैसा र बिक्री दर १५५ रुपैयाँ ७४ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १८१ रुपैयाँ १२ पैसा र बिक्री दर १८१ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५७ पैसा र बिक्री दर ३७ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: