prabhu

वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।बैंकहरूले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा लाग्ने नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये अधिकांश बैंकहरूले अघिल्लो महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन्। विशेष रूपमा १६ वटा बैंकले चैत महिनाको ब्याजदर यथावत् राखेका छन् भने ३ वटा बैंकले ब्याजदर घटाएका छन्। एक बैंकले भने ब्याजदर बढाएको छ।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर हेर्दा, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले ५.५ प्रतिशत ब्याजदर तोकेका छन्। कृषि विकास बैंकले ५.५१ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलले ५.६५ प्रतिशत, नबिल बैंक र लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत अधिकतम ब्याजदर कायम गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई, सिद्धार्थ बैंक र माछापुच्छ्रे बैंकले समान ६ प्रतिशत ब्याजदर कायम गरेका छन्। प्रभु बैंकको दर ६.१ प्रतिशत छ भने स्ट्याण्डर्ड चार्टर्ड र प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत ब्याजदर तोकेका छन्।

नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ६.५ प्रतिशत र एनआईसी एशिया तथा एनएमबि बैंकले ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। यी बैंकहरूले पनि चैत महिनाकै दरलाई निरन्तरता दिएका हुन्।

यसैबीच, एभरेष्ट बैंकले ब्याजदर बढाएर ६.६१ प्रतिशत पुर्‍याएको छ। भने सानिमा बैंकले ५.९५ प्रतिशत, कुमारी बैंकले ५.९२ प्रतिशत र नेपाल बैंकले ५.१५ प्रतिशतमा घटाएको छ।

संस्थागत निक्षेपतर्फ ११ वटा बैंकले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यता, ८ वटा बैंकले ब्याजदर घटाएका छन् भने १ वटाले बढाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै