काठमाडौँ । एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने भएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले एउटा खाताबाट डेविट, क्रेडिट र प्रिपेडको एक भन्दा बढी कार्ड जारी गर्न नपाइने व्यवस्था थप गरेको छ ।
योसँगै राष्ट्र बैंकले आधिकारिक भीपीएन नभएमा ग्राहकले मोबाइल बैंकिङ प्रयोग गर्न नमिल्ने व्यवस्था समेत गर्ने तयारी गरेको छ।