prabhu

बैंकिङ प्रणालीबाट एकैदिन २० अर्ब निक्षेप बाहिरियो, दुई अर्बले बढ्यो कर्जा लगानी, अन्तरबैंक ब्याजदर कति ?

काठमाडौँ । बैंकिङ प्रणालीबाट एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार एकैदिन बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो।

फागुन ११ गते ६७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेकोमा फागुन १२ गते ६७ खर्ब २० अर्ब रुपैयाँमा झरेको हो । त्यस्तै, वाणिज्य बैंकहरुबाट पनि २० अर्ब रुपैयाँ  बाहिरिएको छ । फागुन ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा फागुन १२ गते घटेर ५९ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो।

यता, बैंक तथा वित्तीय संस्थाबाट एकैदिन थप २ अर्ब रुपैयाँ कर्जा लगानी विस्तार भएको छ। फागुन ११ गतेसम्म कुल कर्जा लगानी ५४ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा फागुन १२ गते बढेर ५४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको हो ।

पछिल्लो तथ्यांकअनुसार बैंकहरुको औसत सीडी रेसियो ७९.६९ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै