prabhu

एकैदिन ७ अर्बले बढ्यो वाणिज्य बैंकहरूको निक्षेप संकलन, सिडी रेसियो कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो।

फागुन १० गते ६ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले ११ गते ६ खर्ब १३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका हुन् । जुन ७ अर्ब रुपैयाँले बढी हो।

यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने स्थिर रहेको छ। फागुन १० गते ४८ खर्ब २९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ११ गतेपनि साेहि रकम बराबरकाे कर्जा प्रवाह गरेका थिए।

बैंकहरुको सिडी रेसियो ७९.४१ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै