काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक र दुई रुपैयाँका सिक्का साटिँदिने भएको छ । राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका १ र २ रूपैयाँका सिक्का मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाबाट साट्न सकिने जनाएको हो ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै आफूसँग चलनचल्तीमा रहेका १ र २ रुपैयाँका कम्तीमा १०० रुपैयाँ बराबरका सिक्का सटही गरेर सो बापत रकम पाउन सकिने जनाएको छ ।
महाशाखाका अनुसार सटहीबापतको रकम वा नगद, आईपीएस वा चेकमार्फत भुक्तानी दिइनेछ। यदि कुल रकम २० हजार रुपैयाँभन्दा माथिका सिक्का सटही गर्नुपर्ने भएमा महाशाखाको फोन नं ०१-४१०२१८४ मा सम्पर्क गरी पूर्वजानकारी दिनुपर्ने राष्ट बैंकले जनाएको छ ।
साथै, सटहीका लागि महाशाखामा ल्याइने सिक्का सफा र डिजाइन प्रस्ट देखिने हुनुपर्दछ। राष्ट्र बैंकले जारी गरेको सूचना हेर्नुहोस्ः