DISH HOME

भारतीय दुई बैंकलाई आरबीआईले तिरायो जरिवाना, नीतिगत व्यवस्था नमानेको आरोप !

काठमाडौँ । भारतीय रिजर्व बैंक (आरबीआई) ले दुई बैंकलाई जरिवाना तिराएको छ । आरबीआईले नैतिताल बैंक र उज्जिवन स्मल फाइनान्स बैंकलाई नीतिगत व्यवस्था नमानेको भन्दै जरिवाना तिराएको हो ।

आरबीआईले उक्त बैंकलाई ६८ लाखभन्दा बढी भारु जरिवाना तिराएको हो। भारतीय सञ्चारमाध्यमहरुका अनुसार नैतिताल बैंकले केन्द्रीय बैंकको ब्याजदर सम्बन्धी निर्देशन नमानेर ६१ लाख ४० हजार भारु जरिवाना तिर्नु परेको छ।

यता, उज्जिवन स्मल फाइनान्स बैंकले केन्द्रीय बैंकको ऋणसँग सम्बन्धीत निर्देशीका पालना नगरेर ६ लाख ७० हजार भारु जरिवाना तिर्नु परेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै