लघुवित्तमा जागिर खाने हो ? नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ। मिथिला लघुवित्त वित्तीय संस्थाले रोजगारी खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि रोजगारी खुलाएको हो ।

उक्त पदमा कम्पनीले एक जना कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन सक्नेछन्।

साथै, आवेदकको उमेर २१ वर्ष पुरा भइ ५० वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ। महिलाको हकमा भने ५ वर्ष थप गरिएको छ। आवेदकसँग बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा न्युनतम ३ वर्षको अनुभव हुनुपर्नेछ । बाँकी सूचनामा हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्