PRABHU BANK

नियामकीय पदको द्वैध चरित्रः एनआईसीलाई पर्दा नबोलेका राष्ट्र बैंकका पौडेल आफ्नै भाइको लगानी डुब्ने भएपछि बोले !  

काठमाडौँ । ग्लोबल आइएमई बैंकविरुद्धको अभियान नै चलेपछि राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरु पौडेलले बैंकमाथि प्रहार गर्नु गलत भएको अभिव्यक्ति दिएका छन् । फेसबुकमार्फत पौडेलले ग्लोबल आइएमई बैंकमाथि गरिएको प्रहार गलत भएको बताएका हुन् ।

उनले सोही पोष्टमार्फत कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुन पनि भनेका छन् ।

यसअघि एनआईसी एशिया बैंकविरुद्ध पनि यस्तै, अझ यो भन्दा पनि उग्र अभियान चलेका बेला चुइक्क नबोलेका पौडेल ग्लोबल आइएमई बैंकलाई पर्दा बोलेपछि नियामककै चरित्रमाथि प्रश्न उठेको छ ।

धेरैले आफ्नो भाइको लगानी डुब्ने देखेपछि पौडेलले ग्लोबल आइएमई बैंकको विषयमा बोलेको विश्लेषण गरेका छन् । अम्बिका पौडेल र गुरु पौडेल दाजुभाइ हुन् । अम्बिका पौडेल ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका चन्द्र ढकालका पार्टनर हुन् । ढकालको लगानी डुब्नु भनेको अम्बिका पौडेलको लगानी पनि डुब्नु हो । त्यसैले आफ्नो दाइको लगानी डुब्ने भएपछि पौडेलले उक्त विषयमा प्रतिक्रिया दिएको चर्चा बजारमा छ ।

पछिल्लो केही सातायता ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा विवाद चर्किएको छ । केबलकार कुनै पनि हालतमा बन्नु हुँदैन भन्दै आन्दोलन गरिरहेकाहरुले ग्लोबल आइएमई बैंकविरुद्ध अभियान नै चलाएका छन् । उनीहरुले बैंकमा खाता बन्द गर्न र भएको पैसा झिक्न आह्वान गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै