PRABHU BANK

नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता, हस्पिटलको सेवामा विशेष छुट पाईने

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकले ग्राहक तथा कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने गरी सम्झौता गरेको हो । नेपाल बङ्गलादेश बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताबाट नेपाल बङ्गलादेश बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यका बाहिर ८ वटा हस्पिटल रहेका छन् । उक्त सबै स्थानबाट छुट प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ । बैंकले ९९ शाखा, ८१ वटा एटीएम७ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै