prabhu

सिन्धु विकास बैंकमा आगलागी: ४० लाख रूपैयाँ बराबरको क्षति

काठमाडौँ । सिन्धु विकास बैंकको सिन्धुपाल्चोकस्थित लामोसाँघु शाखामा आगलागी भएको छ। बैंकको बलेफी गाउँपालिका-८ लामेसाँघुमा रहेको शाखामा माघ ५ गते बिजुली सर्ट भई आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार ऋणसँग सम्बन्धित कागज र बैंकमा रहेको नगद सुरक्षित रहेको छ। नगद तथा कागजपत्रहरू सुरक्षित रहे पनि बैंकमा रहेका अन्य सामानमा भने क्षति पुगेका छन् ।

प्रहरीका अनुसार बैंकको शाखामा रहेका फल्स सिलिङ, स्टोरका सामान, फर्निचर लगायतका सामानमा भने क्षति पुगेको छ। आगलागीबाट ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

यद्यपि, आगलागीबाट भएको क्षति बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै