PRABHU BANK

पोखरा फाइनान्स समस्याग्रस्त घोषणा हुने पक्कापक्कीप्राय: १५ दिनको अल्टिमेटम पठाइयो, सीइओ जेल जाने सम्भावना !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने पक्कापक्की प्राय: भएको छ । फाइनान्सलाई १५ दिनभित्र समस्याग्रस्त घोषणा गर्नेगरी सफाईको मौका दिने भन्दै राष्ट्र बैंक सञ्चालक समितिले फाइनान्सलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(६) बमोजिम पत्राचार गरेपछि पोखरा फाइनान्स इतिहास बन्ने पक्कापक्की प्राय भएको हो ।

पोखरा फाइनान्सलाई कारवाही गर्न ढिलो गरेको विषयमा राष्ट्र बैंकको संचालक समितिमा गभर्नर र डेपुटी गभर्नरबीच मतान्तर देखिएको थियो । अन्तत: बैंकले १५ दिनको समय दिने निर्णय गरेको हो ।   पोखरा फाइनान्स कारवाहीमा पर्ने भएपछि मर्जरको हल्ला चलाउन थालेको छ । जवकि, संचालक समितिका एक सदस्यले मर्जरको हाल कुनै पनि सम्भावना नरहेको र आफ्नो बैंकलाई राष्ट्र बैंकले कारवाही गरेरै छोड्ने बैंकिङ संसारलाई बताए ।

सीइओ जेल जानसक्ने !

पोखरा फाइनान्समा करोडौंको घोटाला भएको छ । जसमा, सीइओको संलग्नतासमेत रहेको प्रारम्भिक रिपोर्ट राष्ट्र बैंकले संकलन गरिसकेको छ । तत्काल कारवाही नगरे पोखरा फाइनान्समा निक्षेपकर्ताको करोडौं फस्ने भन्दै राष्ट्र बैंक पनि तातिएका बेला सीइओमाथि तत्काल अनुसन्धान सुरु गर्नुपर्ने र त्यसमा सीआइबीको पनि सहयोग लिनुपर्ने मत राष्ट्र बैंकभित्र छ ।   राष्ट्र बैंकले अनुगमनका क्रममा फाइनान्सले सार्वजनिक गरेका वित्तीय विवरणमध्ये अधिकांश झुटो रहेकोसमेत पत्ता लगाईसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै