DISH HOME

एनएमबि बैंकको सम्पूर्ण बैंकिङ सेवा अवरुद्ध हुँदै

काठमाडौँ । एनएमबि बैंकको बैंकिङ सेवा अवरुद्ध हुने भएको छ । बैंकले डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले एनएमबि बैंकको सेवा अवरुद्ध गरिन लागेको जनाएको हो ।

बैंकका अनुसार आगामी मंसिर २८ गते शुक्रबार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिबार बिहान १०ः३० बजेसम्म बैंकको सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुनेछ।

यस अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस र कल सेन्टर सेवासमेत सञ्चालनमा नआउने बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै