वित्तीय अपराधहरुको निगरानी गर्नका लागि कृषि विकास बैंकले वितरण गर्यो सिसी टिभी

काठमाडौँ । कृषि विकास बैंकको मेलम्ची शाखा कार्यालयले सिसी टिभी वितरण गरेको छ । बैंकले सिन्धुपाल्चोक जिल्लाको इलाका प्रहरी कार्यालय, मेलम्चीलाई सिसी टिभी वितरण गरेको हो ।

सो शाखाले मंसिर १० गते सम्पन्न एक कार्यक्रमकाबीच उक्त सहयोग प्रदान गरेको हो । मेलम्चि बजार क्षेत्रमा हुने चोरी डकैति, दुर्घटना, लागु औषध सेवनलगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्नका लागि इलाका प्रहरी कार्यालय मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सिसिसी टिभी प्रदान गरेको हो ।

बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची बजारमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बैंकको विश्वास छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्