काठमाडौँ । वाणिज्य बैंकबाट घरजग्गामा सवा २ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २० वाणिज्य बैंकबाट घरजग्गामा २ खर्ब २५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गामा गएको कर्जा ८.४५ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म १६ वटा बैंकबाट घरजग्गामा गएको कर्जा बढेको छ भने ४ वटा बैंकको घटेको छ।
यस अवधीमा एनआईसी एशीया बैंकले सबैभन्दा धेरै २७ अर्ब ६८ करोड ७० लाख रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेको छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २४ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यता, तेस्रोमा सबैभन्दा धेरै घरजग्गा कर्जा दिने बैंकमा नबिल रहेको छ । बैंकले घरजग्गामा २३ अर्ब ६० करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।