prabhu

नबिल बैंक दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित भएको छ । बैंक दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित भएको हो ।

साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा) ले सोमबार श्रीलंकामा आयोजना गरेको कार्यक्रममा नबिल बैंकले उक्त अवार्ड पाएको हो ।

दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ सन् २०२२-२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल सम्मानित भएको छ । बैंकलाई वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनका लागि यो अवार्ड प्रदान गरिएको हो  ।

नबिल बैंकले यसअघि पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड प्राप्त गरेको थियो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै