DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकलाई प्यान अद्यावधिक गर्न आग्रह

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आन्तरिक राजश्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले आफ्नो प्यान नम्मर अद्यावधिक गर्न आग्रह गरेको हो ।

बैंकले जारी गरेकाे पत्रमा भनिएकाे छ, ‘करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहकले बैंकको पोर्टल या मोबाइल बैंकिङमार्फत आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न अनुरोध छ ।’

साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको पनि बैकले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै