काठमाडौँ । नेपाल बैंकका ग्राहकहरुलाई एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसेज लिमिटेडमा छुट हुने भएको छ । बैंकमा खाता रहेका ग्राहकहरु तथा बैंकमा कार्यरत कर्मचारीहरुलाई नयाँ बानेश्वरमा रहेको उक्त आइ केयरमा उपचार गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत सम्म छुट हुने भएको हो ।
बैंक र उक्त आई केयरबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आइ केयरको तर्फबाट बजारीकरण प्रबन्धक सन्जीब कुमार ठाकुरले हस्ताक्षर गरेका हुन् ।
नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले क्लिनिकबाट प्रदान गरिने आँखाको शल्यक्रिया प्रक्रिया, सानो अनुसन्धान, अप्टिकल लेन्स, फ्रेम, उपचार, जस्ता आँखा सम्बन्धिसंग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।