PRABHU BANK

सिद्धार्थ बैंकका ग्राहकलाई दुसित थानि हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकलाई दुसित थानि हिमालयन रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई दुसित थानि हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंकका ग्राहकहरुले धुलिखेल स्थित दुसित थानि हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा छुट पाउन सक्नेछन् ।

त्यस्तै, बैंकले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै