PRABHU BANK

सिटिजन्स बैंकले बैठक भत्ता बढाउँदै, संचालक समितिको अन्य सेवा सुविधाहरु पनि थप हुने !

काठमाडौँ । सिटिजन्स बैंकले सञ्चालक समितिको बैठक भत्ता बढाउने तयारी गरेको छ । बैंकले सञ्चालक समिति तथा उप समितिको बैठकमा उपस्थित भए बापत अध्यक्षले पाउने बैठक भत्ता १३ हजारबाट बढाएर २५ हजार र सञ्चालकहरूले पाउने बैठक भत्ता ११ हजारबाट बढाएर २० हजार पुर्याउने तयारी गरेको हो ।

योसँगै बैंकले अन्य सेवा सुविधाहरू पनि थप गर्न लागेको छ । बैंकले आर्थिक वर्ष २०८०-८१ को वार्षिक साधारणसभामा सञ्चालकहरूले लिँदै आइरहेको तलब भत्ता ९२.३ प्रतिशतले बढाउने प्रस्ताव पेस गर्ने भएको छ ।

उक्त प्रस्ताव सञ्चालक समितिको अध्यक्ष प्रबल जगं पाण्डेको नेतृत्वले साधारणसभा पेस गर्ने भएको हो । सो सभा कार्तिक १२ गते अमृतभोग कालिकास्थान, डिल्लीबजार काठमाडौँमा हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

development bank