काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै रिलेसनसिप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले कात्तिक २० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदकको उमेर २८ वर्ष भन्दा कम हुनुपर्नेछ ।
साथै, दुई वर्षसम्म अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।