PRABHU BANK

सिद्धार्थ बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग

काठमाडौँ । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बाढी, पहिरो, र डुबानले ठूलो जनधनको क्षति भएकोले उक्त सहयोग प्रदान गरेको हो ।

२०८१ साल आश्विन १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, र डुबानले ठूलो जनधनको क्षति भएकोले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले यसअघि पनि दैवी प्रकोपमा परेका पीडितहरूको उद्धार र पुन:स्थापनाको कार्यहरूमा सहभागी हुँदै आएको छ । साथै, बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत एक जिम्मेवार वित्तीय संस्थाको भूमिकामा योगदान गरिरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

development bank