PRABHU BANK

कृषि विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड सहयोग

काठमाडौँ । कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

कृषि विकास बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य एव नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख सरीता दाहाल र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल एवं प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्यहरुकोसमेत उपस्थिती थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै