PRABHU BANK

आइएमएफले पाकिस्तानलाई ७ अर्ब अमेरिकी डलर ऋण दिने

काठमाडौँ । आइएमएफले पाकिस्तानलाई ऋण दिने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नगद सङ्कटमा परेको पाकिस्तानलाई ७ अर्ब अमेरिकी डलर ऋण अनुमोदन गरेको हो ।

देशले ऋणको पहिलो किस्ता बराबरको १ अर्ब डलर तुरुन्तै प्राप्त गर्नेछ ।  बाँकी रकम ३ वर्षभित्र किस्ताबन्दीमा उपलब्ध गराइने अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानले  अन्तर्राष्ट्रिय ऋणदाताबाट यो अन्तिम ऋण हुने प्रतिबद्धता व्यक्त गरेको छ । आइएमएफले जुलाई सन् २००३ मा पाकिस्तानको लागि ३ अर्ब डलरको राहत प्याकेज स्वीकृत गरेको थियो ।

यसबाहेक यसले आफ्नो सहयोगी साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएइ) बाट पनि कोष प्राप्त गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै