PRABHU BANK

चेक बाउन्स मुद्दामा दोषी ठहर हुनेलाई दुई वर्षसम्म कैद सजाय हुने

काठमाडौँ । चेक बाउन्स मुद्दामा दोषी ठहर हुनेलाई सजाय हुने भएको छ । चेक अनादर (बाउन्स) मुद्दामा दोषी ठहर हुनेलाई १ महिनादेखि २ वर्षसम्म कैद सजाय हुने भएको हो ।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा यस्तो सहमति भई सर्वसम्मत रुपमा पारित भएको छ ।

सो छलफलमा १५ लाखसम्मको चेक अनादरमा १ महिना, ५० लाख सम्मकोमा ३ महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भए २ वर्षको कैद सजाय हुने विषयमा सहमति भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै