बंगलादेशको केन्द्रीय बैंकले ब्याजदर बढाउँदै, बैंकका प्रमुख भन्छन्- ‘ब्याजदर १० प्रतिशत भन्दा बढी पुग्छ’

काठमाडौँ । बंगलादेशको केन्द्रीय बैंकले ब्याजदर बढाउने भएको छ । बंगलादेशको केन्द्रीय बैंकका प्रमुख डा. अहसान एच मन्सुरले मुद्रास्फीति नियन्त्रण गर्न आगामी महिनाहरूमा १० प्रतिशत वा सो भन्दा बढी ब्याज बढाउने जनाएका हुन् ।

भारतीय सञ्चार बिबिसीको अन्तरवार्तामा बोल्दै उनले बंगलादेशले विश्व बैंकसँग थप १.५ अर्ब डलर, एसियाली विकास बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगबाट १-१ अर्ब डलर माग गरिरहेको उल्लेख गरेका छन् ।

साथै, उनले देशको बैंकिङ क्षेत्रलाई सफा गर्नु आफ्नो उच्च प्राथमिकता भएको कुरामा जोड दिएका छन् । बढ्दो मूल्य बङ्गलादेशका लागि प्रमुख चिन्ताको विषय बनेको उनी बताउँछन् ।

आईएमएफमा तीन दशक बिताएका अनुभवी अर्थशास्त्री डा.मन्सुरलाई नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले गत हप्ता बङ्गलादेश बैंकको गभर्नरमा नियुक्त गरेको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्