PRABHU BANK

वाणिज्य बैंकहरुको ब्याजदर थप घट्यो, सबैभन्दा धेरै ब्याजदर घटाउनेमा नेपाल बैंक

काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । भदौमा १८ मध्ये ११ वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् भने ५ वटा बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

भदौ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ६.४९ प्रतिशत विन्दु छ । जुन साउन महिनाको तुलनामा ०.२३ प्रतिशत विन्दुले कम हो । अघिल्लो महिनामा बैंकहरुको ब्याजदर ६.७२ प्रतिशत विन्दुमा थियो ।

त्यस्तै, सबैभन्दा धेरै ब्याजदर घटाउनेमा नेपाल बैंक रहेको छ । यस बैंकले १ प्रतिशत विन्दुले आफ्नो ब्याजदर घटाएको छ । ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक,एनएमबी बैंक र एनआइसी एशिया बैंक रहेका छन् ।

ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र नबिल बैंकले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर, कृषि विकास बैंक,प्राइम कमर्सियल बैंक र कुमारी बैंकले भने भदौका लागि आफ्नो ब्याजदर बढाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै