PRABHU BANK

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४.५१ प्रतिशतले घट्यो, ईपीएस कति ?

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । आर्थिक वर्ष २०८०-८१ मा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिललो वर्षको तुलनामा ४.५१ प्रतिशतले कम हो ।

बैंकले आर्थिक वर्ष २०७९-८० मा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५ अर्ब १५ करोड कायम भएको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ९५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, बैंकको प्रति सेयर आम्दानी (ईपीएस) पनि घटेको छ । बैंकको प्रति सेयर आम्दानी १ रुपैयाँ ६६ पैसाले घटेर ३५ रुपैयाँ ९ पैसामा कायम भएको छ । यसअवधिमा बैंकको प्रति सेयर नेटवर्थ २ सय १८ रुपेयाँ ४ पैसा छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा छ ।

यता बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ छ भने प्रति सेयर आम्दानी २६.५० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै