PRABHU BANK

नबिल बैंकले सुरु गर्यो नबिल स्मार्ट बैंकिङ एपमा कार्ड इन्ट्रिगेसन सेवा

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकको नबिल स्मार्ट बैंकिङ एपमा कार्ड इन्ट्रिगेसनको सेवा सुरु भएको छ । यो सँगै अब नबिल बैंकका ग्राहकले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सकृियता/निष्कृयता तथा कार्डमार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्ट बैंक एपबाट गर्न सक्नेछन् ।
कोरोना महामारीलाई मध्यनजर गर्दै बैंकले यो सुविधा डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरुमा उपल्बध गराएको जानकारी दिएको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १ सय १९ वटा शाखा, १ सय ८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा अग्रणी भुमिका खेल्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै