PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई हिमाल हस्पिटल सेवामा १० प्रतिशत छुट

काठमाडौँ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले ज्ञानेश्वर, काठमाडौँस्थित हिमाल हस्पिटल प्रा.लीको सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । बुधबार बैंक र हस्पिटल बिच छुट सम्बन्धि सम्झौता भए पश्चात बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले उक्त छुट पाउने भएका हुन् ।

सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याई रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरका १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै