PRABHU BANK

नबिल बैंकले ल्यायो ‘द नबिल ढुक्क घर कर्जा’

काठमाडौँ । नबिल बैंकले घर कर्जा योजना ल्याएको छ । बैंकले ४१औँ वर्ष प्रवेश गरेको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको हो ।

बैंकले उक्त  योजनामा सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ ।

त्यस्तै, यस योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । साथै, जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एन बैंक तथा एनबैंक एपको शुल्क ५० प्रतिशत छुट दिने भएको छ ।

साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा दिने र कृषि तथा उत्पादनमुलक उद्योगमा पाँच करोड रुपैयाँसम्मको कर्जा आधारमा दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै