PRABHU BANK

स्वीडेनको केन्द्रीय बैंकले ब्याजदर कटौती गर्दै

काठमाडौँ । स्वीडेनको केन्द्रीय बैंकले ब्याजदर घटाउने भएको छ । स्वीडेनको केन्द्रीय बैंक (रिक्सबैंक)का गभर्नर एरिक थेडेनले यस वर्षमा दोश्रो र तीस्रो पटकमा ब्याज दरको कटौती गर्न सकिने बताएका  हुन् ।

स्वीडेनको राजधानी स्टकहोममा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर एरिक थेडेनले यस्तो बताएका हुन् । मौद्रिक नीति अनुकूलन गर्ने योजनामा अगाडि बढ्ने संकेत गर्दै गभर्नर एरिकले मुद्रास्फितिको समीक्षा र व्यावहारबारे पनि जानकारी गराएका थिए ।

गभर्नर एरिक थेडेनले ब्याज दरको कटौती गर्न सकिने कुरा उठाए पनि यसबारे भने कुनै आधिकारिक छलफल अथवा बहस नभएको अन्तराष्ट्रिय समाचार संस्था सीएनबीसीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै