PRABHU BANK

कोशी प्रदेशमा निक्षेप संकलन भन्दा कर्जा प्रवाह बढी, सिडी रेसियो कति ?

काठमाडौं । कोशी प्रदेशमा रहेका बैंक तथा वित्तिय संस्थाको शाखामा निक्षेप संकलन भन्दा कर्जा प्रवाह बढी रहेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको अर्ध वार्षिक अर्थात् पुस मसान्तसम्मको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार निक्षेप संकलन भन्दा कर्जा प्रवाह बढी रहेको पाइएको हो ।

पुस मसान्तसम्म कोशी प्रदेशमा रहेका बैंकहरूका शाखा कार्यालयहरूले ४ खर्ब ३८ अर्ब रुपियाँ निक्षेप संकलन गरेका छन् । तर, कर्जा प्रवाह भने ५ खर्ब ३१ अर्ब रुपियाँ रहेको पाइएको छ । त्यस अनुसार कोशीमा कर्जा निक्षेप अनुपात अर्थात् सिडी रेसियो १२१.२ प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार गत आर्थिक वर्षको पुस मसान्तमा भने त्यहाँ रहेको बैंकका पाखाहरूको सिडी रेसियो १५२.७ प्रतिशत रहेको छ । राष्ट्र बैंकद्वारा सार्वजनिक प्रतिवेदन अनुसार अन्य प्रदेशमा संकलन भएको निक्षेपबाट बैंकहरूले कोशी प्रदेशमा ऋण प्रवाह गरेको अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै