PRABHU BANK

मञ्जुश्री फाइनान्सको १२ हजार ५८७ कित्ता संस्थापक सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

Manjushree Finance
  • बैंकिङ संसार
काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको १२ हजार ५८७ कित्ता संस्थापक सेयरमा भोलि मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा भदौ ८गते मंगलबार कार्यालय समयसम्म आवेदन दिन पाइने भएको छ।
कम्पनीले श्रावण १४ गतेदेखि उक्त संस्थापक सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले सो मूल्यलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै