PRABHU BANK

एनआईसी एशिया बैंकले घटायो निक्षेपको ब्याजदर, कुन खातामा कति पाइन्छ ब्याज ?

काठमाडौं । एनआईसी एशिया बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।

बैंकले गत महिनामा ७.८०० प्रतिशत कायम रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएर ७.६९ प्रतिशत कायम गरेको छ ।

बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत ब्याजदर कायम गरेको छ । १ वर्षका लागि ७ प्रतिशत, १ वर्षदेखि २ वर्षमुनिका लागि ७ प्रतिशत, २ वर्षमाथि देखि ५ वर्ष मुनिका लागि ७.२५ प्रतिशत, ५ वर्ष र सोभन्दा माथिका लागि ७.६९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

त्यस्तै, बैंकले जेठ महिनामा संस्थागत मुद्दती निक्षेपमा अधिकतम ६.८०० प्रतिशत ब्याजदर ब्याजदर कायम रहेकोमा घटाएर असार महिनाका लागि अधिकतम ६.६९ प्रतिशत कायम गरेको छ ।

त्यसैगरी संस्थागत मुद्दती निक्षेपमा ६ महिनादेखि १२ महिनासम्मका लागि ५.३५ प्रतिशत, १ वर्षका लागि ५.९० प्रतिशत, १ वर्षमाथि देखि ५ वर्ष काममा ६ प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिका लागि ६.६९ प्रतिशत ब्याजदर कायम गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै