PRABHU BANK

‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायीलाई समस्या भयो’ : नरेन्द्रकुमार गुप्ता

काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायीलाई समस्या भएको बताएका छन् । गुप्ताले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकको सुनको कोटा प्रणाली र यसबाट देखापरेको सिन्डिकेट प्रवृत्तिले गहना व्यवसायीहरूलाई समस्यामा परेको भन्दै विरोध गरेका हुन् ।

‘नेपाल राष्ट्र बैंकले जारी गरेको सुन खरिद तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ मा गहनाको पसल सञ्चालन वा सुनको कारोबार गर्न राष्ट्र बैंकले तोकेको ३ वटामध्ये कुनै एउटा महासङ्घको अनिवार्य सदस्य बन्नुपर्ने र उक्त महासङ्घको सिफारिसमा मात्र तोकिएको वाणिज्य बैंकबाट काँचो सुन खरिद गर्न पाउने व्यवस्था छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्र बैंकको उक्त प्रावधानको कारण स्वतन्त्र रुपमा गहना पसल सञ्चालन गर्ने अवस्था नरहेको कारण देशभरका २० हजार व्यवसायी मर्कामा परेको विषयलाई मैले नेपाल सरकार र नीति निर्माताको ध्यानाकर्षण गर्न खोजेको हुँ ।’

गुप्ताले राष्ट्र बैंकको कोटा प्रणालीले गहना व्यवसायमा सिन्डिकेट सिस्टम कायम भएको भन्दै यसमा कोटा वितरणमा जिम्मेवार संघ र महासङ्घका पदाधिकारी संलग्न रहेको आरोप पनि लगाएका छन् । यस विषयलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न राज्यका निकायमा आफूले उजुरी समेत दिएको उपाध्यक्ष गुप्ताले बताए ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै