DISH HOME

सिद्धार्थ बैंकले हासिल गर्यो इन्फिकेयर रेमिटर्स कर्पोरेट फुटसल प्रतियोगिता सिजन ४ को उपाधि

काठमाडौँ । सिद्धार्थ बैंकले इन्फिकेयर रेमिटर्स कर्पोरेट फुटसल प्रतियोगिता सिजन ४ को उपाधि हासिल गरेको छ । राजधानीको ढुकु स्पोर्ट्स हवको फाइनल खेलमा एनआईसी एसिया बैकलाई ३-२ ले हराउँदै सिद्धार्थ बैंकले इन्फिकेयर रेमिटर्स कर्पोरेट फुटसल प्रतियोगिताको चौथो सिजनको उपाधि हासिल गरेको हो ।

सिद्धार्थ बैंकका खेलाडीले म्यान अफ द म्याच र उत्कृष्ट गोल किपरको उपाधि समेत हासिल गरेका छन् ।

त्यसैगरी प्रतियोगितामा इन्फिकेयर प्राइभेट लिमिटेड, कुमारी बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, आइएमई रेमिट, सिटी एक्सप्रेस मनी ट्रान्सफर, सम्सरा रेमिट, आइपे रेमिट, अन्नपूर्ण रेमिट, हिमालयन बैंक, जीएमइ रेमिट, इसेवा मनि ट्रान्सफर सहित १४ टिमको सहभागिता रहेका थियो ।

बैंक तथा रेमिट्यान्स कम्पनीहरूलाई रेमिट्यान्स सफ्टवेयर विकास गर्ने आईटी कम्पनी इन्फिकेयर प्राइभेट लिमिटेडले प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगिता हरेक वर्ष हुँदै आइरहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै