prabhu

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र ह्याम्स अस्पताल बिच व्यावसायिक सम्झौता, ग्राहकलाई उपचारमा १० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र ह्याम्स अस्पतालबीच व्यवसायिक सम्झौता भनेको छ । आइतबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र ह्याम्स अस्पतालबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा ह्याम्स अस्पताल लिमिटेडका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्यकोे उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिपत्रमा भनिए अनुसार नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको लेखनाथमार्ग ठमेलबाट नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गरेका ग्राहकले ह्याम्स अस्पतालबाट उपचार सेवामा छुट पाउने भएका छन् ।

सहमति अनुसार मर्चेण्ट बैंकिङ्गका ग्राहकहरुले उपचारमा १० प्रतिशत र फर्मेसीको लागि लाग्ने शुल्कमा ५ प्रतिशत अस्पतालले छुट दिने बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै