- बैंकिङ संसार
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा पुस १८ गते गर्ने भएको छ । संस्थाको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे हुने भएको हो ।
संस्थाले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई २५५ बोनस सेयर र कर तिर्न १.३१% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्ने भएको छ भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।